काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियम उल्लंघन गरेको भन्दै दुई अफ्रिकी खेलाडीहरुलाई कारवाही गरेको छ ।
एन्फाको खेलाडी दर्ता नियमावली र मोफसल प्रतियोगिताको नियम उल्लंघन गरेको भन्दै एन्फाले सरस्वती युथ क्लबका काजिम बुसारी र ब्रीगेड ब्वाईज क्लबका ताजुदिन बुसारीलाई कारवाही गरेको हो । एन्फाले ती दुवै खेलाडीलाई कारवाही स्वरुप २५–२५ हजार नगद जरिवाना गरेको छ ।
स्मरण रहोस, यी दुई खेलाडीले भर्खरै सम्पन्न बागमती गोल्डकपमा च्यासल युथ क्लबबाट खेलेका थिए भने सताक्षी गोल्डकप अन्य क्लबबाट खेलेका थिए । त्यसपछि फेरि उनी राइनो गोल्डकप खेल्न च्यासलमा फर्किएका थिए ।
एन्फाका अनुसार ए डिभिजन क्लबमा आवद्ध भएका खेलाडीहरुको सम्झौता अवधी आगामी २०७७ सालको जेष्ठ महिनासम्म कायम रहने बताएको छ । साथै सम्बन्धित क्लहरुले नेपाली खेलाडीको हकमा बढीमा दुई क्लब तथा बिदेशी खेलाडीको हकमा एक क्लबमा लोनमा पठाउन सक्ने व्यवस्था रहेको पनि एन्फाले जनाएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न