काठमाडौं । यहाँ सम्पन्न प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । बुधबार सम्पन्न फाइनल भिडन्तमा वडा नं १४ ले वडाृ नम्बर १३ लाई ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
लैनचौर फुटसल मैदानमा भएको खेलमा वडा नम्बर १४ का लागि मनिष रानाभाटले दुई गोल गर्दा दिलिप थापाले थप एक गोल गरे । उता पराजित वडा नम्बर १३ का लागि अभय राना र आशिष कपालीले गोल गरेका थिए ।
वडा नम्बर १४ का आरोन खड्का फाइनल खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको वडा नम्बर १४ ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता वडा नम्बर १३ ले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ वडा नम्बर १३ का आशिष कपाली सर्वोत्कृष्ट खेलाडी चुनिए । वडा नम्बर १४ का मनिष रानाभाटले सर्वाधिक गोलकर्ताको पुरस्कार जित्दा उत्कृष्ट गोलरक्षक पनि वडा नम्बर १४ कै विपिन थापा मगर घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजारसहित ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल र आयोजक वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले पुरस्कृत गरेका थिए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)