News कुसुमे साइनिङ फाइनलमा, उपाधिका लागि आयोजक नवयुवासँग भिड्ने
गोलनेपाल

सुकचर । संघर्षपुर्ण जितका साथ कुसुमे साइनिङ क्लब, केराबारी, मोरङ यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा तालतलैया फुटबल एकेडेमी, इटहरीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कुसुमे उपाधि नजिक पुगेको हो । त्यसअघि बुढीगंगा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा कुसुमे साइनिङका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । कुसुमे साइनिङले अब असोज ६ गते शनिबार हुने फाइनलमा आयोजक नव युवा क्लबसँग उपाधिका लागि भिड्नेछ ।

नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।

Post Comments