News प्रथम कपित एण्ड सम्राट मेमोरियल कप हुँदै
गोलनेपाल

वालिङ । वारियर फेमिली, वालिङ, स्याङ्जाको आयोजनामा यही असोज १२ र १३ गतेका दिन प्रथम कपित एण्ड सम्राट मेमोरियल कप फुटसल प्रतियोगिता हुने भएको छ ।

वालिङ फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि असोज ११ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको खेल संयोजक विजय गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए ।

Post Comments