News छैठौं बेलबारी गोल्डकप असोज २८ देखि, विजेतालाई उपाधिसहित ८ लाख पाउने
गोपाल काफ्ले
पथरी । मोफसलकै सर्वाधीक लोकप्रिय छैठौं संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० असोज २८ गते देखि सुरु हुने भएको छ । स्थानीय खेलाडी उत्पादन गरी फुटवलको विकास गर्ने उदेश्यका साथ डाँगिहाट फुटवल क्लवले छैठौं संस्करणको प्रतियोगिता गर्ने भएको हो ।
 
आयोजक क्लवले पत्रकार संम्मेलनको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ४ गते सम्म संचालन हुने छ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज काठमाण्डौले यो सिजनको पहिलो प्रतियोतिगा बेलबारी गोल्डकपबाट सुरु गर्दै छ ।
 
छैठौं संस्करणको गोल्डकपमा विभागीय टोलीले भने स्थान पाएको छैन । गोल्डकपको विजेताले अघिल्लो सिजन झै यो सिजन पनि ८ लाख र ५ लाख पुरस्कार राशीको प्राप्त गर्ने छ । मोरङको ठुलो पुरस्कार राशी र बेलबारी नगरपालिकाको गौरवको प्रतियोगिता २०७४ भदौ २३ देखि सुरु हुदै आएको संचार संयोजक नरेन्द्र बस्नेतले जानकारी दिए ।
 
प्रतियोगिता डाँगीहाट फुटबल क्लबको आयोजनामा प्रत्येक बर्ष लक्ष्मी मा वीको खेल मैदानमा संचालन हुदै आएको छ । प्रतियोगिताको विजेता नगद रू ८ लाख सहित टफी, प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले नगद ५ लाख सहित ट्रफि, प्रमाणपत्र प्रप्त गर्ने छ ।
 
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई नगद सहित पुरस्कृत र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राइले जानकारी दिए ।
 
छैठौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा भारतको एक टिम, काठमाण्डौको दुई र मोफसलका उत्कृष्ट पाँच क्लवको सहभागिता रहेको छ । प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, विर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर, युकेएफसी भारत र आयोजक डॉगीहाट युथ क्लव डाँगीहाट गरी ८ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु वस्नेतले जानकारी दिए ।
 
प्रतियोगिता सञ्चालनका लागि अनुमानित रू ६२ लाख ९० हजार खर्च र ६९ लाख ४० हजार आम्दानी हुने आयोजकले अनुमान गरेको छ । राष्ट्रिय तथा ए डिभिजन क्लवका खेलाडीहरुले प्रतिस्पर्दा गर्ने प्रतियोगितामा बेलबारी नगरपालीकाको मुख्य सहयोग रहने आयोजकले जनाएको छ । मुख्य प्रायोजक आरजु राईस मिल र सहप्रायोजक द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र दुबोर्ग वियरको रहेको छ ।
 
Post Comments