News क्रिजललाई तेस्रो रोयल एफसी (जिफोर) कप फुटसल प्रतियोगिताको उपाधि
गोलनेपाल

काठमाडौं । तेस्रो रोयल एफसी (जिफोर) कप सेभेन ए साईड खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि क्रिजल एफसीले जितेको छ । जिफोर फुटसलमा भएको उपाधि भिडन्तमा क्रिजलले एस.स्पोर्टसलाई हराउँदै विजेता बन्न सफल भएको हो ।

विजेता बनेको कृजलले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता एस.स्पोर्टसले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक क्रिजलका दिपेश श्रेष्ठले चुनिए । उत्कृष्ट डिफेन्डर एस.स्पोर्टसका बसन्त तामाङ बन्दा उत्कृष्ट फरवार्ड पनि एस.स्पोर्टस कै अमित तामाङ घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बने क्रिजलका अर्जुन रोका घोषित भए ।

रोयल एफसी, काठमाडौंको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले पुरस्कृत गरेका थिए ।

 

Post Comments