News सुनाखरी फाईभ ए साईड फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । यही असोज १६ र १७ गतेका दिन सुनाखरी फाईभ ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ । धोबीघाट फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

विस्तृत जानकारीका लागि 9841701427, 9849592365, 9801726910 नम्बहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

Post Comments