News सुपर एट भेट्रान्स कप फुटसल हुँदै
गोलनेपाल

धरान । धरान युनाइटेड एफसी, धरान, सुनसरीको आयोजनामा यही असोज २६ गतेका दिन सुपर एट भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ ।

धरान–१५ स्थित बिग फुट फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा ३८ र ३९ वर्ष उमेरका दुई खेलाडी तथा बाँकी ६ खेलाडीहरुको उमेर ४० वर्ष भन्दा माथि हुनुपर्ने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

 

Post Comments