News तेस्रो बूढासुब्बा कप को उपाधि धरान फुटबल क्लबले उचाल्न सफल
गोलनेपाल

धरान फुटबल क्लब को आयोजना मा दोङदुछन मा सम्पन्न भएको "तेस्रो बूढासुब्बा कप" को उपाधि धरान फुटबल क्लबले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको दोङदुछन शहर स्थित फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा धरान फुटबल क्लब ले कास्की फुटबल क्लब लाइ १-० ले पराजित गर्दै बिजय हासिल गरेको थियो l

धरान फुटबल क्लब को लागि राज थापाले गरेको गोल नै निर्णायक गोल बन्यो।

आयोजक सहित ३६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिताम़ा बिजेता धरान फुटबल क्लबले नगद ४० लाख वन ट्रफि,मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो भने उप बिजता बनेको कास्की फुटबल क्लबले नगद २० लाख वन सहित ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो l

उक्त प्रतियोगिताको उत्कृष्ट गोलकिपर पल लामा (धरान फुटबल क्लब),उत्कृष्ट खेलाडी- राज थापा (धरान फुटबल क्लब), उच्च गोलकर्ता-रमेश गुरुङ (कास्की फुटबल क्लब) ले हासिल गर्न सफल रहनु भएको थियो l त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि ,मेडल सहित जनही १ लाख वननले पुरस्कृत गरिएको आयोजक कमिटीका अध्यक्ष मदन राई ले जानकारि दिनुभएको छ।

उक्त खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कम ले गरेको थियो।प्रतियोगितामा ३६ टिम सहभागि भई सन्चालन भएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक सरन राई ले जानकारी गराउनुभयो।



 

Post Comments