News द राईजिङ र दुधे क्वाटरफाइनलमा
गोलनेपाल

झिलझिले । सहज जितका साथ द राईजिङ क्लब र दुधे फुटबल क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेका छन् ।

शिवसताक्षी–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा द राईजिङले डुडामारी एफसीलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।

त्यस्तै दोस्रो खेलमा दुधेले भाङबारी स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।

बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।

Post Comments