News मैत्रीपूर्ण खेलमा नेपालद्वारा आर्मी पराजित
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिभुवन आर्मी फुटबल क्लबसँग मंगलबार एक मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाली टोलीले आर्मीलाई ३–२ ले हरायो । नेपाली टोलीका लागि अन्जन बिष्टले दुई गोल गरे भने थप एक आवास लामिछानेले गरे । उता पराजित आर्मीका लागि दुवै गोल कमल खड्काले गरेका थिए ।

स्मरण रहोस, नेपालले फिफा विश्वकप छनौटको पहिलो चरणको छनौट खेल अन्तरगत लाओससँग होम एण्ड अवेका आधारमा दुई म्याच खेल्दैछ । पहिलो खेल यही अक्टुबर १२ तारीखका दिन दशरथ रंगशालामा हुँदैछ भने दोस्रो खेल १७ अक्टुबरका दिन लाओसमा हुँदैछ ।

Post Comments