News ज्योतिपुञ्ज कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

रामपुर । ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा यही असोज २२ गतेदेखि शुरु हुन गईरहेको ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

रामपुर–७, किसानबारी स्थित आयोजक क्लब कै खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा होराईजन क्लब, वालिङ, स्याङ्जा र भैरव स्पोर्टस क्लब, नवलपरासी भिड्ने खेलतालिकामा उल्लेख छ ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ । साथै प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री चन्द्र केस गुप्ताले गर्ने कार्यक्रम रहेको पनि खेल संयोजक अनिल शाही ठकुरीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि संयोजक ठकुरीले बताए ।

खेलकुदको माध्यमबाट रामपुर नगर र समग्र पाल्पा कै पर्यटन प्रवद्र्धनमा टेवा पुगोस भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न गईरहेको आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले बताए । यसले जिल्लाभित्र कै स्थानीय खेलाडीहरुलाई पनि खेल्ने वातावरण र अवसरको सिर्जना हुने अध्यक्ष गौतमले बताए ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

 

Post Comments