News स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप शुरु
सुरज राना मगर

बुटवल । आदर्श युवा क्लब, बुटवल–१५, रुपन्देहीको आयोजनामा शनिबारदेखि स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–१५, उजेलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा भएको उद्घाटन खेलमा ह्वाईट लोटस क्लबले आयोजक आदर्श युवा क्लब (ए) लाई टाईब्रेकरमा हरायो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने ह्वाईट लोटसले नतिजा ३–२ ले आफ्ना पक्षमा पार्यो । खेलमा ह्वाईट लोटसका गोलरक्षक राजेश पुन म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै पहिलो दिन नै हुने भनिएको दोस्रो खेलमा विपक्षी टोली निर्धारित समयभित्र मैदानमा उपस्थित नभएपछि जियुएफसीलाई वाक–ओभरमा विजेता घोषित गरिएको थियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल–१५ का वडा अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रवक्त शिव रानाले गरेका थिए । सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक क्लबका अध्यक्ष मनिष काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २३ हजार प्राप्त गर्नेछ । कुल २२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ३० गतेका दिन हुनेछ ।

Post Comments