News रेजर्सको मुख्य प्रशिक्षकमा महर्जन कै निरन्तरता
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण खेल्ने तयारीमा रहेको काठमाडौं रेजर्स फुटबल क्लबले आफ्नो मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

क्लबले विज्ञप्तीमार्फत महर्जनलाई नै मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी पनि गराएको छ । स्मरण रहोस, महर्जन कै प्रशिक्षकीय जिम्मेवारीमा काठमाडौंले नेपाल सुपर लिगको पहिलो संस्करण जितेको थियो ।

नेपाली फुटबलमा सफलतम प्रशिक्षकको छवी बनाएका महर्जनले गत सिजनको ए डिभिजन लिग पनि जितेका थिए । उनले पहिलोपटक शिर्ष लिग खेलिरहेको चर्च ब्वाईज युनाइटेडलाई लिग च्याम्पियन बनाएका थिए ।

त्यसो त महर्जनले भर्खरै चीनमा सम्पन्न १९औं एसियाली खेलकुदतर्फ राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकीय जिम्मा पनि निभाएका थिए ।

स्मरण रहोस, नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । काठमाडौं रेजसले लिगको उद्घाटन खेलमै नवप्रवेशी टोली स्र्पोटिङ इलाम डि मेचीसँग खेल्ने कार्यक्रम पनि छ ।

Post Comments