News रुपन्देहीमा लियो बिक्रम स्मृति कप शुरु
सुरज राना मगर

सैनामैना । लियो क्लब अफ सालझण्डीको आयोजनामा बुधबारदेखि लियो बिक्रम स्मृति खुला नकआउट फुटबल प्रतियोगिता रुपन्देहीमा शुरु भएको छ ।

सैनामैना नगरपालिका–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको उद्घाटन खेलमा एकता युवा क्लबले बिजयी शुरुवात गर्यो । प्रतियोगिताको पहिलो दिन एकताले स्वलम्बन युवा क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

एकताको जितमा तेजेन पुन र निशान थापाले गोल गरे । उता पराजित स्वलम्बनका लागि लोक सिंजालीले एक मात्र गोल फर्काएका थिए । यो जितसँगै एकता प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

खेलको म्यान अफ द म्याच एकता कै गोलकर्ता निशान थापा घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २२ गते बिहीबारको खेल भैरव एफसी र सुर्यदय युवा क्लबबीच हुने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

लियो क्लब अफ सालझण्डीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । कुल १५ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र ५ गते हुने प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठ जानकारी दिए ।

Post Comments