News मच्छिन्द्र उपाधि नजिक
गोलनेपाल

इलाम । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब जारी छैटां माइभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा मच्छिन्द्रले मानेभञ्ज्याङ एफसी, भारतलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बाले दुई गोल गरे ।

ठूलो टुंडिखेलमा भएको खेलको १९औं मिनटमा रेजिनको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनट लगतै अडिलेजा सेमिडेले मच्छिन्द्रको अग्रता दोब्बर पारे ।

त्यस्तै ८७औं मिनटमा रेजिनले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मच्छिन्द्रको फाइनल यात्रा पक्का गरेका थिए । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन २२ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आमीृ क्लब र आयोजक माइ भ्याली एफसीबीच हुनेछ । यहि फागुन २४ गते शनिबारसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments