
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगदसहित पुरस्कृत गर्ने भएको छ ।
पहिलो चरणको छनौट प्रतियोगिताको महत्वपूर्ण खेलमा जित हात पारी स्वदेश फर्किएको राष्ट्रिय टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजारका दरले पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
स्मरण रहोस, छनौट प्रतियोगिताको पहिलो चरणतर्फ लाओस विरुद्ध भएको दुई लेगको खेलमा नेपालले २–१ को अग्रता कायम गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।
नेपालले दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा १–१ को बराबरी खेलेको थियो भने लाओसमा भएको दोस्रो लेगको खेलमा १–० को जित निकालेको थियो ।
नेपालले अब दोस्रो चरणको छनौट प्रतियोगितातर्फ समूह एच मा रहेर बलियो युएई, बहराईन र यमनसँग होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको छनौट खेलहरु आउँदो नोभेम्बर महिनादेखि शुरु हुने कार्यक्रम छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न