News ब्लु बेल र न्यु चन्द्र सुर्य क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । ब्लु बेल फुटबल क्लब र न्यु चन्द्र सुर्य क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार नैकाप खेलमैदानमा भएको पहिलो खेलमा ब्लु बेलले बिजी फुटबल क्लबलाई ४–० ले हरायो । ब्लु बेलको जितमा सन्जोग महर्जन, अमित तामाङ, सुजित बुढाथोकी र अनिल खड्काले गोल गरे । खेलमा ब्लु बेलका सुजित बुढाथोकी म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेलमा न्यु चन्द्र सुर्यले सन्तोष फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । न्यु चन्द्र सुर्यका लागि अर्जुन श्रेष्ठ र विपिन थापा मगरले गोल गरे । खेलमा न्यु चन्द्र सुर्यका विपिन थापा मगर म्यान अफ द म्याच घोषित भए ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments