News बिबि गोर्खाज र बार्सा नेपालको जित
गोलनेपाल

काठमाडौं । नैकाप गोल्डकपको पहिलो चरणको अन्तिम दुई खेलहरुमा बिबि गोर्खाज फुटबल क्लब र पूर्व विजेता बार्सा नेपालले जित हात पारेका छन् ।

नैकाप खेलमैदानमा भएको पहिलो खेलमा बिबि गोर्खाजले गणेशदेवी युवा क्लबलाई ३–१ ले हरायो । बिबि गोर्खाजका लागि सोम थापाले दुई गोल गरे भने सुन्दर थापाले थप एक गोल गरेका थिए ।

उता पराजित गणेशदेवीका लागि जतिन बरालले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा बिबि गोर्खाजका सोम थापा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बार्सा नेपालले ल्याक्टो लक्ष्यलाई शून्यका विरुद्ध ३ गोलले हरायो । बार्सा नेपालका लागि गौरव भण्डारी, दिवस राई र सन्तोष चौधरीले गोल गरे । खेलमा बार्सा नेपालका साहिल अधिकारी म्यान अफ द म्याच चुनिए ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments