News नरैनापुरलाई उपाधि
सुरज राना मगर

बुटवल । स्व. गोविन्द पौडेल स्मृति टोलस्तरीय बुडा कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नरेनापुर टोलको अविवाहित टोलीले जितेको छ । विजयादशमीको अवसर पारी आयोजित प्रतियोगिताको फाइनलमा नरैनापुरको अविवाहीत टोलीले विवाहीत टोलीलाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता टोलीले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ अशोक चालिसे उत्कृष्ट गोलरक्षक बनदा इजिकियल चौधरी सर्वाधिक गोलकर्ता बने । सर्वोत्कृष्ट खेलाडी भने रमेश सापकोटा घोषित भए ।

विवेक आचार्यको सञ्चालनमा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, प्रवक्ता शिव राना, आयोजक उज्जवल युवा क्लब, बुटवल–१६ का अध्यक्ष महेन्द्र शर्मा लगायतले पुरस्कृत गरेका थिए ।

गत असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा बुटवल वडा नम्बर १६ का ९ टोलहरुको १७ टिमहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक पंकज शर्मा गौतमले जानकारी दिए ।

Post Comments