
पालुङटार । नव जागृति एकता युवा क्लब, पालुङटार नगरपालिका–६, कमलटार, गोरखाको आयोजनामा आउँदो कार्तिक २१ गतेदेखि “दोस्रो नव जागृति सेभेन ए साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८०“ हुने भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि कार्तिक २० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
पालुङटार–६, कमलटार स्थित काप्रेबगैँचा खेलकुद मैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २७,७७७ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही २००० ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष संजय कुमार रानाले जानकारी दिए ।