News आर्मी ट्रेनिङ सेन्टरमा कम्युनिटी कोष सम्पन्न
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा चार दिने कम्युनिटी कोर्ष सम्पन्न भएको छ ।

लगनखेल स्थित आर्मी टे«ेनिङ सेन्टरमा भएको चार दिने कोर्षमा कुल ३० प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा आर्मी क्लबका महासचिव समेत रहेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सेनाका मेजर बिकास मल्लले सबैलाई बधाई र शुभकामना दिए ।

मेजर मल्लले कम्युनिटी कोर्ष सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याएकोमा एन्फालाई पनि विशेष धन्यवाद दिए । साथै यस्ता कार्यक्रमहरुमा एन्फासँगको सहकार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उनले बताए ।

त्यस्तै कोर्ष सफलताका साथ सम्पन्न गर्न एन्फाका हेड अफ कोच ऐजुकेशन सन्जित सिंहले मुख्य इन्स्ट्रक्चरको भूमिका निर्वाह गरेका थिए । साथै उनलाई प्रशिक्षक नारायण श्रेष्ठले सहायक इन्स्ट्रक्चरका रुपमा सहयोग गरेका थिए ।

Post Comments