News पोखरामा सुजल नगद सहित सम्मानित
गोलनेपाल

पोखरा । आफ्नो कप्तानीमा नेपाललाई हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ स्वर्ण पदक जिताएका राष्ट्रिय फुटबल खेलाडी सुजल श्रेष्ठ नगद सहित सम्मानित भएका छन् ।

एन्फा रेफ्री तथा नेपाल खेलकुद पत्रकार मञ्चको सिफारिसमा सुजल बिहीबार नगद ३५ हजार र मायाको चिनोसहित सम्मानित भएका हुन् । सुजललाई बिहीबारदेखि शुरु १८औं आहा! रारा गोल्डकपको उद्घाटन कार्यक्रमको अवसरमा सम्मानित गरिएको हो ।

सुजललाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमकाबीच स्म्मानित गरेका थिए । स्मरण रहोस, दशरथ रंगशालामा गत बर्षको डिसेम्बरमा भएको पुरुष फुटबलको फाइनल भिडन्तमा नेपालले भुटानलाई २–१ ले हराउँदै स्वर्ण जित्न सफल भएको थियो ।

 

Post Comments