News तिलोत्तमा गोल्डकप स्थगित (विज्ञप्तीसहित)
सुरज राना मगर

बुटवल । यहि चैत्र १ गतेदेखि हुने भनिएको मोफसल कै पुरानो मध्ये एक र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको २२औं संस्करण तत्कालका लागि स्थगित गरिएको छ ।

रुपन्देही जिल्ला फुटबल संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासका कारण तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा प्रत्येक वर्ष हुँदै आइरहेको प्रतियोगिता यसपटक जिल्ला प्रशासन कार्यालयले पनि तत्कालका लागि नगराउन आग्रह गरेपछि अर्को सूचना जारी नहुँदा सम्मका लागि प्रतियोगिता स्थगित गरिएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य र्दिघ बहादुर केसी (कुमार) ले जानकारी दिए ।

स्मरणीय छ, यसअघि एन्फाले प्रतियोगिता फाग्न ८ गतेदेखि गर्नु भनि प्रतियोगिताको खेलतालिकामा उल्लेख गरे तापनि प्राविधिक कारण र मोफसलका अन्य शहरहरुमा भईरहेको प्रतियोगिताका कारण तिलोत्तमाको २२औं संस्करण चैत्र १ गतेदेखि गर्ने घोषणा गरिएको थियो ।

Post Comments