News लुम्बिनी डेउलाई चौथो डेउ फुटसल कपको उपाधि
गोलनेपाल

काठमाडौं । डेउ फुटबल क्लबको आयोजनामा किमे सहरमा सम्पन्न भएको चौथो डेउ कपको उपाधि लुम्बिनी डेउ एफसिले उचाल्न सफल भएको छ l

दक्षिण कोरियाको ख्यङ्साङनाम्दोको किमे शहर स्थित छोहुन फुटसल पार्कको मैदानम़ा सम्पन्न फाइनल खेलमा लुम्बिनी डेउले फारान दमक एफसिलाइ १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । लुम्बिनी डेउका निशान कार्किले एक मात्र निर्णायक गोल गरे ।

विजेता बनेको लुम्बिनी डेउले उपाधिसहित नगद ४० लाख कोरियन वन हात पार्यो भने उपविजेता फारान दमक एफसीले २० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ दमकका रबी योङहाङ उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार लुम्बिनी डेउका निशान कार्कीले हात पारे । सर्वोत्कृष्ट खेलाडी भने लुम्बिनी डेउ कै बिशाल लिम्बु घोषित भए । बेलबारी एफसी फेयर प्ले टिम बन्यो ।

विधागततर्फ उत्कृष्ट बनेका सबेले जनही १–१ लाख वन र ट्रफी हात पारेको आयोजक कमिटीका अध्यक्ष जय राईले जानकारी दिए । प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका संस्थापक नरेश श्रीस मगरले जानकारी दिए ।

Post Comments