News प्रथम कटारी टाईगर भेट्रान्स कपको खेलतालिका सार्वजनिक
गोलनेपाल

कटारी । “युवा जागरुकता, आजको आवश्यकता’ भन्ने नाराका साथ कटारी टाईगर फुटबल क्लबको आयोजनामा यही कार्तिक १८ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रथम कटारी टाईगर भेट्रान्स कपको खेलतालिका सार्वजनिक गरिएको छ ।

कटारी स्थित टाईगर खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १८ गतेका दिन वस्तीपुर भेट्रान्स र हरिवन भेट्रान्स भिड्ने खेलतालिकामा उल्लेख छ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

प्रतियोगितामा ४० वर्ष पुगेको वा सो भन्दा माथि उमेरका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

 

Post Comments