News मकाउमा प्रथम मादी कप हुँदै
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । मकाउमा रहेका प्रवासी नेपालीहरुबीच आपसी भाईचारा कायम गर्ने उद्देश्यका साथ मादी पोखरा एफसी मकाउको आयोजनामा यही नोभेम्बर ९ तारीख बिहीबारका दिन प्रथम मादी कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

ओलम्पिक स्पोर्टस सेन्टर ताइपामा हुने एक दिने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि नोभेम्बर ५ तारीखसम्म टिमदर्ता खुला गरिएको खेल संयोजक नरेश गुरुङले बताए । साथै प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको संयोजक गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ हजार मोप (मकानिज पताका) हात पार्नेछ भने उपविजेताले ४ हजार मोपसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएकोे आयोजकले जानकारी दियो ।

Post Comments