News तालतलैया सेमिफाइनलमा प्रवेश
गोलनेपाल

राजाबास । साँघुरो जितका साथ तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनलतर्फ तालतलैयाले नव युवा क्लब, बुढीगंगा, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सरस्वती माविको खेलमैदानमा भएको खेलमा तालतलैयाका लागि अनिष बस्नेतले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता बस्नेत नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत कार्तिक १८ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल ब्रदरहुड फुटबल क्लब, उदयपुर र संकल्प फुटबल क्लब, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments