News सहज जितका साथ संकल्प सेमिफाइनलमा
गोलनेपाल

राजाबास । सहज जित हात पार्दै संकल्प फुटबल क्लब, इटहरी यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ संकल्पले ब्रदरहुड फुटबल क्लब, उदयपुरलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सरस्वती माविको खेलमैदानमा भएको खेलमा संकल्पका लागि जोशन राईले दुई गोल गरे भने प्रदिप बस्नेत र विश्व ठाकुरले एक–एक गोल गरे । पराजित ब्रदरहुडका लागि विक्की मगरले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा संकल्पका प्रवेश बस्नेत म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १९ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल सप्तकोशी फुटबल क्लब, बराहक्षेत्र र रामधुनी आदर्श फुटबल क्लब, रामधुनीबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments