News युएनएफसीलाई दशैं–तिहार भेट्रान्स कपको उपाधि
गोलनेपाल

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुबीच भएको प्रथम दशैं–तिहार भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि युएनएफसी–एल्फा, उत्तरी भर्जिनियाले जितेको छ ।

क्लाउडे मुरे पार्कमा भएको प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा युएनएफसीले गेम चेन्जर एफसीलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

विजेता बनेको युएनएफसीले उपाधिसहित नगद ५ हजार अमेरिकी डलर हात पार्यो भने उपविजेता गेम चेन्जरले नगद २५०० डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको बाल्टीमोर एथलेटिक क्लबले ७५० अमेरिकी डलरसहित ट्रफी र मेडल प्राप्त गर्यो ।

व्यक्तिगत विधातर्फ युएनएफसीका पासाङ दुप्का म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक घोषित भए । गेम चेन्जरका ओसमान हुसेनले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे भने गेम चेन्जर कै केभिन ब्ल्याकवुड प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

डिएमभी नेप्लिज मिलिटरी भेट्रान्स क्लब, भर्जिनियाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा अमेरिकाका विभिन्न स्टेटहरुबाट कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments