सहारा युकेले भूकम्पपीडितलाई १ लाख सहयोग गर्ने भएको छ ।
अध्यक्ष रि.ले. कुसाङ गुरुङको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित १ लाख सहयोग गर्ने निर्णय गरेको हो । यस्तै, संस्थाले यही १८ नोभेम्बरमा लन्डनको एम्पाएर हल अल्डरसटमा च्यारिटी डिनर नाइट गर्ने निर्णय गरेको छ ।
सहारा युकेले खेलकुद, शिक्षा, स्वास्थ्य र च्यारिटी सहयोगलगायत कार्यक्रममा आर्थिक मजबुत हुनुपर्ने जनाउँदै च्यारिटी डिनर नाइटलाई निरन्तरता दिएको अध्यक्ष गुरुङले बताए । यस्तै, सहारा क्लब पोखराको रजत महोत्सव अवसरमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहकार हितकाजी गुरुङलाई संस्थाले सम्मान गरेको छ ।
च्यारिटी नाइटमा सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जनालाई सहारा अवार्ड प्रदान गरिने छ । सहारा युकेको सातांै कार्यसमितिको २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा अध्यक्ष रि.ले गुरुङले सबैलाई धन्यवाद दिए । उनका अनुसार आगामी १६ डिसेम्बरमा महाधिवेशन हुनेछ । आठांै कार्यसमिति चयनका लागि सल्लाहकार एवं संस्थापक एफसी चेयरमेन हरिकुमार श्रेष्ठ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।
सदस्यमा सल्लाहकार कमल गुरुङ र सल्लाहकार ज्ञाम गुरुङ छन् । पर्यवेक्षकमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबिई, पूर्व अध्यक्ष मीन गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ छन् । बैठकमा स्वागत उपाध्यक्ष कृष्ण गुरुङ र सञ्चालन महासचिव मनोज गुरुङले गरेका थिए ।
News
सहारा युकेद्वारा भूकम्पपीडितलाई १ लाख
Post Comments