News नेपाल सुपर लिगको टिकट मुल्य तय
गोलनेपाल

काठमाडौं । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित दोस्रो नेपाल सुपर लिग (एनएसएल) को टिकट मुल्य निर्धारण गरिएको छ ।

एनएसएलले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत लिगको टिकट मुल्य तोकिएको कुरा जानकारी गराएको हो । जस अनुसार दर्शकहरुका लागि सामान्य प्यारापिटतर्फ २०० र भिआईपीतर्फ ५०० मुल्य तोकिएको छ ।

दर्शकहरुले लिगको आधिकारिक टिकेटिङ पार्टनर आएमई पे मार्फत पनि अनलाईन रुपमा टिकट खरिद गर्न सक्ने छन् । साथै खेलस्थल दशरथ रंगशालाबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

स्मरण रहोस, लिगको उद्घाटन खेलका साविक विजेता काठमाडौं र स्र्पोटिङ इलाम भिड्ने तय भईसकेको छ । जुन खेल साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments