News
एनएसएल प्रिसिजन म्याचः बुटवलसँग धनगढी पराजित

बुटवल । दोस्रो नेपाल सुपर लिग (एनएसएल) शुरु हुन केही दिन मात्र बाँकी रहँदा प्रिसिजन म्याच अन्तर्गत बुटवल लुम्बिनी फुटबल क्लबले गत संस्करणको उपविजेता धनगढी फुटबल क्लबमाथि साँघुरो अन्तरको जित निकालेको छ ।
शनिबार बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न खेलमा बुटवलले धनगढीमाथि १–० को जित निकालेको हो । बुटवलका लागि निरन्जन धामीले एक मात्र निर्णायक गोल गरे ।
स्मरणीय छ, सुपर लिग अन्तर्गत बुटवलले आफ्नो पहिलो खेलमा मंसिर ९ गतेका दिन ललितपुर सिटीको सामना गर्नेछ भने धनगढीले मंसिर १० गतेका दिन बिरगंजसँग खेल्दै सिजनको शुरुवात गर्नेछ ।
Post Comments