
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) र द डिडियर ड्रोग्बा फाउण्डेशनले संयुक्त रुपमा २० लाख रुपैया प्रधानमन्त्री राहत कोषलाई उपलब्ध गराएको छ । हालै जाजरकोटमा गएको भुकम्पमा परि आहत बनेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यका साथ उक्त रकम उपलब्ध गराइएको हो ।
नेपाल सुपर लिगको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.की अध्यक्ष आश्रयता कार्की चौधरी, निर्देशक श्रेयान्स कार्की र सिइओ सुदिप शर्माले प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटी २० लाखको चेक हस्तान्तरण गरे ।
आफूहरुको यो सहयोग र सहकार्यले भूकम्पपिडितहरुलाई केही हदसम्म राहत महशुस गर्न मिल्ने विश्वास लिएको अध्यक्ष कार्की चौधरीले बताईन् ।
स्मरण रहोस, आइभोरी कोस्टका लिजेण्डरी फुटबलर डिडियर ड्रोग्बाले भूकम्पपिडितका लागि आफ्नो फाउण्डेशनले सकेको सहयोग गर्ने बताएका थिए । साथै ड्रोग्बा नेपाल सुपर लिग कै लागि भनेर नेपाल पनि आउँदै छन् ।
दोस्रो नेपाल सुपर लिग (एनएसएल) यही मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् ्। लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय