News चोटिल लाकेनले यमन विरुद्धको खेल गुमाउने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य तथा युवा मिडफिल्डर लाकेन लिम्बुले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत समूह चरणको दोस्रो खेलमा मंगलबार यमन विरुद्धको खेल गुमाउने भएका छन् ।

स्मरण रहोस, छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा युएई विरुद्ध खेल्ने क्रममा लाकेन चोटिल बन्दै मैदान बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेपछि लाकेन करिब दुई साता मैदान बाहिर रहने अनुमान गरिएको छ ।

मध्यपंक्तिमा लाकेनको उपस्थिति सधै ठोस रहँदै आएकोमा यमन विरुद्ध नेपाली टोलीमा उनको कमी देखिने निश्चित छ । त्यति मात्र नभएर लाकेनले यही मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगको केही खेलहरु पनि गुमाउने सम्भावना देखिएको छ ।

स्मरणीय छ, लाकेनलाई सुपर लिगको नयाँ सिजन कै लागि भने नव आगन्तुक टोली झापा फुटबल क्लबले अनुवन्ध गरिसकेको छ । यद्यपि लिगको शुरुवाती केही खेलहरुमा लाकेन उपलब्ध हुन नसक्ने निश्चित प्रायः देखिएको छ ।

 

 

Post Comments