News प्रथम चन्द्रागिरी अन्तर वार्ड कप मंसिर ८ देखि
गोलनेपाल

काठमाडौं । चन्द्रागिरी अन्तर वार्ड कप फुटबल प्रतियोगिता समिति, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा यही मंसिर ८ देखि १६ गतेसम्म प्रथम चन्द्रागिरी अन्तर वार्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

नैकाप खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ पाँच विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद १० हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।

Post Comments