News धनगढीमाथि बुटवलको लगातार दोस्र्रो जित
सुरज राना मगर

बुटवल । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेका दुई टोली बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबबीचको दोस्रो प्रिसिजन अभ्यास खेलमा पनि बुटवलले जित हात पारेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको दोस्रो अभ्यास खेलमा बुटवल लुम्बिनीले धनगढीलाई २–१ ले हरायो । बुटवलका लागि चन्दन दास र स्टेफन बिनोङले गोल गरे भने धनगढीका लागि फालु डियाग्नेले गोल गरेका थिए ।

स्मरण रहोस, सोही खेल मैदानमा बुटवल र धनगढी बीच गत साता भएको पहिलो अभ्यास खेलमा पनि बुटवलले धनगढीलाई शून्यका विरुद्ध १ गोलले हराएको थियो ।

 

Post Comments