News चौथो कालीपुल कप हुँदै
गोलनेपाल

बेनी । ‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने नाराका साथ कालीपुल युनाइटेड क्लब, बेनी नगरपालिका–८, कालीपुल, म्याग्दीको आयोजनामा यही मंसिर २८ देखि ३० गतेसम्म चौथो कालीपुल कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बेनीबजार स्थित खुला मञ्चमा हुने प्रतियोगिताको यही मंसिर २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७०००+१००० तोकिएको छ । प्रतियोगितामा रातो कार्ड पाउने खेलाडीलाई ३०० र पहेंलो कार्ड पाउने खेलाडीलाई २०० जरिवानाको नियम पनि राखिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७७,७७७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments