News आहा! रारा गोल्डकपः मनाङसँग झापा निराश
गोलनेपाल

पोखरा । मनाङ मस्र्याङ्दी क्लब जारी १८औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङले झापा–११ फुटबल क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

पोखरा रंगशालामा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक मात्र निर्णायक गोल गरे । खेलका निर्णायक गोलकर्तौ बिष्ट नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत ट्रफी र नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन २६ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल गान्तोक सिटी क्लब, भारत र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments