News जितका साथ नयाँ सिजनको शुरुवात गर्ने योजनामा धनगढी र बिरगंज
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणतर्फ आइतबार धनगढी फुटबल क्लब र नव आगन्तुक टोली बिरगंज युनाइटेड फुटबल क्लब भिड्दै छन् । खेल बेलुका ५ः३० बजेदेखि दशरथ रंगशालमा शुरु हुँदैछ ।

सुपर लिग शुरु हुनु प्रिसिजन खेलहरुमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेका दुवै टोली लिगमा भने जितका साथ सुखद शुरुवात गर्ने योजनामा छन् । धनगढीको मुख्य प्रशिक्षकमा युगल किशोर राई छन् मार्की खेलाडी आशिष चौधरी रहेका छन् ।

त्यस्तै बिरगंजको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् भने मार्की खेलाडीमा गोलरक्षक दिप कार्की रहेका छन् । स्मरणीय छ, धनगढी सुपर लिगको पहिलो संस्करणको उपविजेता टोली समेत हो ।

खेल हेर्न दर्शकहरुका लागि सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० टिकट मुल्य तोकिएको छ । टिकट आएमई–पे मार्फत अनलाईन वा दशरथ रंगशालाबाटै खरिद गर्न सकिने पनि आयोजकले जनाएको छ ।

 

Post Comments