News झापा भर्सेज इलामः सुपर लिगमा आज पुर्वेली डर्बी
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्र्पोटिङ इलाम फुटबल क्लब भिड्दै छन् । झापाका लागि आज लिगको यो पहिलो खेल हुनेछ भने इलामका लागि दोस्रो । इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सको सामना गर्दा हार बेहोरेको थियो ।

झापाका स्पेनिस प्रशिक्षक ओरिओल मोहेडानो जितका साथ सुपर लिगको शुरुवात गर्ने योजनामा छन् । उता इलामका प्रशिक्षक मेघराज केसी पनि पहिलो खेलको हारलाई बिर्सिएर आज निश्चित जित र तीन अंकका लागि खेल्ने मनस्थिति र उद्देश्यका साथ आफ्नो टिम मैदानमा उतार्ने छन् ।

झापाको मार्की खेलाडीमा नेपालका स्टार फरवार्ड अन्जन विष्ट छन् भने इलामको मार्की खेलाडीमा अनुभवी गोलरक्षक विकेश कुथु छन् । झापा र इलाम बीचको खेल पुर्वेली डर्बी भिडन्तका रुपमा पनि रहनेछ । खेल दशरथ रंगशालामा बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ ।

 

Post Comments