News
एनएसएलः काठमाडौंलाई चितवनको चुनौति

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ साविक विजेता काठमाडौं रेजर्स र स्टार खेलाडीहरुले भरिएको एफसी चितवन आज आमने सामने हुँदैछन् । दुवै टोलीका लागि आज यो दोस्रो खेल हुनेछ ।
पहिलो खेलमा काठमाडौंले इलामलाई हराउँदै विजयी शुरुवात गरेको थियो भने चितवनले भने सनसनीपूर्ण रुपमा पोखरासँग हार बेहोरेको थियो । दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने आजको खेलमा काठमाडौं लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चितवन पहिलो जितको खोजीमा ।
लिगतालिकामा हाल १ खेलबाट ३ अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रहँदा अंकविहीन चितवन भने सातौं स्थानमा छ । यस अर्थमा पनि आजको खेलमा दुवै टोलीको लक्ष्य निश्चित अंक बटुल्ने नै हुनेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै