News पाँचथरः आयोजक टु स्टार र तिजोक फाइनलमा
गोलनेपाल

इम्बुङ (पाँचथर) । बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा आयोजक टु स्टार क्लब र तिजोक युवा क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।

फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माविका मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा तिजोकले अभ्यास एन्ड अनुभवलाई ५-१ गोलको फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

तिजोकका लागि रोशन मगर र दिपेश राई समान २-२ गोल गरे भने एक लोकेश थापाको नाममा रह्यो । खेलको म्यान अफ दी म्याच रोशन मगर भए । अभ्याका लागि क्षितिज थेगिमले एक गोल फर्काए ।

अन्तिम सेमिफाइनल खेलमा साविक विजेता आयोजक टु स्टारले फाक्चुवा फासिङ चुम्भो माङ्जाबुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै फेरि फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजक सेतोका लागि धनकुमार लिम्बू, जसहाङ नेम्बाङ र दिल लिम्बूले गोल गरेका हुन् । फाक्चुवाका लागि सुरेन लावती र हरि नेम्बाङ गोल गरे । भोलि (बुधबार) दुई टोलीबीच फाइनल खेल हुनेछ । विजेताले नगद १ लाख ५ हजार र उपविजेताले ६५ हजार ट्रफी पाउने छ ।

Post Comments