News
रोमाञ्चक खेलमा काठमाडौं र चितवनको बराबरी

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ मंगलबार साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले रोमाञ्चक १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको अन्तिम समय नाटकीय बन्दा चितवन पहिलो जित नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउन बाध्य बन्यो । दशरथ रंगशालामा भएको रोमाञ्चक खेलको ८७औं मिनटमा चितवनले आत्मघाती गोलबाट अग्रता बनाएको थियो ।
स्टार फरवार्ड बिमल घर्ती मगरको गोल प्रयास जोगाउने क्रममा काठमाडौंका कोमिलोव तोजिडिनोवको खुट्टामा लाग्दै बलले पोष्टको जाली चुमेको थियो । तर चितवनले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन ।
खेलको अन्तिमतिर इन्जुरी समयमा जुनियर एनकेन्गुले काठमाडौंका लागि गोल गर्दै खेललाई नाटकीय रुपमा रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा चितवनका उत्सव राई म्यान अफ द म्याच चुनिए । उ नले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय