News
सुपर लिगमा आज दुई खेलहरु हुँदै

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शनिबार दुई रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहर हुँदै छन् । दशरथ रंगशालामा दिनको पहिलो खेलमा १ बजे झापा फुटबल क्लब र पोखरा थन्डर्स भिड्दै छन् ।
पहिलो खेलमा हार बेहोरेको झापा शनिबार पोखरा विरुद्ध निश्चित अंकका लागि मैदानमा उत्रिने छ । त्यस्तै एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै लिगतालिकाको चौथो स्थानमा रहेको पोखरा दोस्रो जितको खोजीमा हुनेछ ।
शनिबार नै साँझ ५ः३० बजेदेखि शुरु हुने खेलमा लिगलिडर धनगढी एफसी र ललितपुर सिटी भिड्ने छन् । दुई खेलबाट दुई जितका साथ शिर्ष स्थानमा रहेको धनगढीलाई एक जित र एक बराबरीसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको ललितपुरले कडा चुनौति दिने निश्चित छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै