News
फिदिममा आजदेखि किरात गोल्डकप
फिदिम । पाँचथर फुटबल क्लबको आयोजनामा आजदेखि प्रथम किरात गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक पाँचथर एफसीले तेह्रथुमको मितेरी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा ए डिभिजन क्लब हिमालय शेर्पासहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख ४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार पाउने छ ।
मंसिर १७ रेडहर्स फुटबल क्लब इलाम र बिर्तामोड युनाइटेट क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । मंसिर १८ डिएफसी मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतसँग खेल्नेछ । १९ गते कणर्सिं सोनाम स्मृति क्लब ताप्लेजुङले ए डिभिजन क्लब हिमालय शेर्पाको सामना गर्नेछ ।
मंसिर २३ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुने पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले बताए । गोल्डकपको उपविजेताले २ लाख २ हजार २२२ रुपैयाँ पाउने छ ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउने छ । अन्य विधागततर्फ १०-१० हजार पाउने छन् । प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई पनि ५ हजार प्रदान गरिने छ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश