News
काठमाडौं भर्सेज झापाः 'हेभिवेट' भिडन्तको अपेक्षा

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ सोमबार हुने एक मात्र खेलमा साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली झापा फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको खेलमा हेभिवेट भिडन्तको अपेक्षा गरिएको छ ।
राम्रा, युवा र अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेको दुवै टोलीको लिगतालिकामा भने स्थान धेरै अन्तरको फरकमा छ । अपराजित काठमाडौं २ खेलबाट ४ अंकका साथ चौथो स्थानमा छ । उता पहिलो जितको खोजीमा रहेको झापा भने २ खेलबाट १ अंकका साथ आठौं स्थानमा छ ।
आजको खेलमा काठमाडांैंले जित निकाल्दै शिर्षताको होडमा आफूलाई उभ्याउने प्रयास गर्नेछ भने झापा पहिलो जित निकाल्दै लिगतालिकामा स्थान सुधारको प्रयासमा हुनेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै