News किरात गोल्डकपमा आज दार्जीलिङ र मोरङ खेल्दै
गोलनेपाल

पाँचथर । फिदिममा जारी वाई वाई प्रथम किरात गोल्डकपमा आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । फिदिम माविको मैदानमा मोरङको डाँगीहाट एफसीले भारत दार्जीलिङको युनाइटेड एफसीसाग भिड्दै छ ।

यसअघिको दुई क्वाटरफाइनल खेलबाट आयोजक पाँचथर एफसी र झापाको बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आज पाहुना टोली दार्जीलिङ र मोरङबीचको खेल रोमाञ्चक बन्ने अपेक्षा छ ।

भोलि अन्तिम क्वाटरफाइनल खेल ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबले काठमाडौँको हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पाँचथर फुटबल क्लबले आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ सहित ट्रफी पाउने छ ।
 
Post Comments