News समपुर्ण कपले सम्झिो दिवंगत एन्फा रेफ्री लोकराज
सुरज राना मगर

सुपौली । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी दोस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगितामा केही अघि निधन भएका दिवगंत एन्फा रेफ्री लोकराज ढुंगानालाई स्मरण गरिएको छ ।

समपुर्ण कपको पहिलो क्वाटरफाइनलतर्फ नेशनल रेफ्री अमन पुन मगर तथा एन्फा रेफ्रीद्वय रुपेन्द्र गुरुङ, बबाी छन्त्याल र सहायक रेफ्री किरन थापाले कालो पट्टी बाँधेर म्याच खेलाएका थिए ।

नेशनल रेफ्री अमर पुन मगर भन्छन्, ‘रेफ्री पेशा अँगालेका सबै रेफ्रीहरु सम्मानका हकदार छन् । रेफ्रीहरुले बुझेको र भोगेको पिडा रेफ्रीहरुलाई नै बढी ज्ञात हुन्छ । भौतिक रुपमा स्व. एन्फा रेफ्री लोकराज ढुंगाना हामी माझ नरहे पनि उनले आफ्नो पेशामा रही फुटबलका लागि गरेको योगदान बिर्सनु हुँदैन ।”

सो अवसरमा आयोजक क्लब समपुर्णका अध्यक्ष अबिर पुन, पूर्व अध्यक्ष, खेलाडी तथा सल्लाहकार अशोक पुन, खेल संयोजक हेम पुन लगायतले रेफ्रीहरुको सम्मान गर्नु नै फुटबलको सम्मान गर्नु रहेको चर्चा गर्दै दिवगंत रेफ्री ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार ढुंगानाको बिर्तामोड, झापा स्थित बिएनसी अस्पतालमा निधन भएको हो । रेफ्री ढुंगाना पछिल्लो समय आन्द्रा र फोक्सोको समस्याका कारण बिरामी थिए ।

वि.सं. २०६८ सालमा एन्फा रेफ्री कोर्ष पूरा गरेका ढुंगाना कोशी प्रदेश फुटबल रेफ्री संघका सदस्य समेत थिए भने झापा जिल्ला फुटबल रेफ्री संघका पूर्व वरिष्ठ उपाध्यक्षमा रहेर समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

Post Comments