News
सुपर लिगमा आजः दोस्रो जित खोज्दै इलाम र पोखरा
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बुधबार हुने एक मात्र खेलमा स्र्पोटिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटबल क्लब भिड्दै छन् ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको यो खेलमा इलाम र पोखरा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । हाल ३ खेलबाट ५ अंकका साथ तेस्रो स्थानमा रहेको पोखरा शिर्ष चार भित्रको आफ्नो स्थान बलियो बनाउने योजनामा पनि हुनेछ ।
उता ३ अंकका साथ छैठौं स्थानमा रहेको इलामले पनि आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष चारमा प्रवेश गर्ने मौका पुर्वेली क्लबलाई हुनेछ । लिगमा तीन खेलहरुको समाप्तीसम्म पोखरा अझै अपराजित छ भने इलामले दुई खेलमा हार बेहोरेको छ ।
सम्भवतः आजको खेल पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै